दृष्टिकोण, लक्ष्य, उद्देश्य र रणनीतिक लक्ष्यहरू

दृष्टिकोणः

  • सार्वजनिक वित्तको कुशलतापूर्वक व्यवस्थापन गर्न राजस्व तथा आर्थिक प्रशासनमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गरी संस्थागत सुदृढीकरण गर्न सघाउ पुर्‍याउने।

लक्ष्य:

  • तालिम, गोष्ठी, परामर्श, अन्तरक्रिया र अध्ययन अनुसन्धानको माध्यमबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा पेशागत दक्षता तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने।

उद्देश्यः

  • सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन तालिम सञ्चालन गर्ने।
  • सार्वजनिक वित्त सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया गोष्ठी र कार्यशाला सञ्चालन गर्ने।
  • सार्वजनिक वित्तको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने।

रणनीतिक लक्षहरूः

  • सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिको लागि सेवाप्रवेश, सेवाकालिन, विशिष्टिकृत तथा अल्पकालीन तालिमको माध्यमबाट पेशागत दक्षता अभिवृद्धि गर्ने।
  • सार्वजनिक वित्तको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने ज्ञान केन्द्रको रुपमा विकास गर्ने।
  • केन्द्रलाई सार्वजनिक वित्त सम्बन्धी महत्वपूर्ण अभिलेखहरु संग्रह गरी सुरक्षित रुपमा राख्‍ने अभिलेख केन्द्र (Documentation Centre) को रुपमा विकास गर्ने।
  • सक्षम, प्रशिक्षित र उत्प्रेरित प्रशिक्षकको माध्यमबाट तालिम कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्ने।