होमदृष्टिकोण, लक्ष्य, उद्देश्य र रणनीतिक लक्ष्यहरू
दृष्टिकोण, लक्ष्य, उद्देश्य र रणनीतिक लक्ष्यहरू
दृष्टिकोणः
सार्वजनिक वित्तको कुशलतापूर्वक व्यवस्थापन गर्न राजस्व तथा आर्थिक प्रशासनमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गरी संस्थागत सुदृढीकरण गर्न सघाउ पुर्याउने।
लक्ष्य:
तालिम, गोष्ठी, परामर्श, अन्तरक्रिया र अध्ययन अनुसन्धानको माध्यमबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा पेशागत दक्षता तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने।
उद्देश्यः
सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन तालिम सञ्चालन गर्ने।
सार्वजनिक वित्त सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया गोष्ठी र कार्यशाला सञ्चालन गर्ने।
सार्वजनिक वित्तको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने।
रणनीतिक लक्षहरूः
सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिको लागि सेवाप्रवेश, सेवाकालिन, विशिष्टिकृत तथा अल्पकालीन तालिमको माध्यमबाट पेशागत दक्षता अभिवृद्धि गर्ने।
सार्वजनिक वित्तको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने ज्ञान केन्द्रको रुपमा विकास गर्ने।
केन्द्रलाई सार्वजनिक वित्त सम्बन्धी महत्वपूर्ण अभिलेखहरु संग्रह गरी सुरक्षित रुपमा राख्ने अभिलेख केन्द्र (Documentation Centre) को रुपमा विकास गर्ने।
सक्षम, प्रशिक्षित र उत्प्रेरित प्रशिक्षकको माध्यमबाट तालिम कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्ने।