सार्वजनिक व्यबस्थापन तालिम केन्द्र विभागीय स्तरको निकाय हो । रा.प. प्रथम श्रेणीको तालिम प्रमुख रहने यस केन्द्रको संगठनात्मक संरचनामा पाठ्यक्रम विकास तथा अनुसन्धान, राजस्व तथा अर्थ सम्बन्धी प्रशिक्षण, लेखा तथा लेखापरीक्षण सम्बन्धि प्रशिक्षण, र प्रशासन गरी जम्मा ४ (चार) वटा शाखाहरू छन् । हाल प्रत्येक शाखाका प्रमुखहरूमा वरिष्ठ प्रशिक्षक (रा.प.द्वितीय श्रेणी) रहने व्यवस्था छ ।
संगठनात्मक संरचना
कर्मचारी दरबन्दी
१. तालिम प्रमुख – १
२. वरिष्ठ प्रशिक्षक (राजस्व र लेखा) – ८
३. प्रशिक्षक (राजस्व र लेखा) – ९
४. लेखा अधिकृत – १
५. शाखा अधिकृत – १
६. कम्प्यूटर ईन्जिनियर – १
७. ना. सु. (राजस्व) - २
८. लेखापाल - १
९. पुस्तकालय सहायक - १
१०. खरिदार – १
११. श्रेणीविहीन – १०