हाम्रो बारेमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन तालिम सञ्चालन गर्ने, सार्वजनिक वित्त सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया, गोष्ठी तथा कार्यशाला सञ्चालन गर्ने र सार्वजनिक वित्तको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने उद्देश्यले नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत स्थापना भएको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र अग्रणी सार्वजनिक संस्थाको रूपमा स्थापित छ। संवत् २०३७ साल फागुन २९ गते राजस्व प्रशासन तालिम केन्द्रको रुपमा स्थापना भएको यो संस्था नेपाल सरकारको मिति २०७५।१।४ को निर्णयबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा परिवर्तन भई आफ्नो उद्देश्य अनुरुप कार्य सञ्चालन गर्दै आइरहेको छ। केन्द्रले सार्वजनिक वित्तको क्षेत्रमा कार्यरत जनशक्तिलाई तालिम प्रदान गर्न तालिम आवश्यकता पहिचान गर्ने, तालिम पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने, तालिम म्यानुअल तयार गर्ने, सेवा प्रवेश, सेवाकालीन, विशिष्टिकृत तथा अल्पकालीन तालिम सञ्चालन गर्ने, सार्वजनिक वित्त व्यवस्थापन स...